बझाङमा बाघले आतङ्क मच्चाउन थालेको छ । आज मात्रै थलारा गाउँपालिकामा बाघले ११ वटा बाख्रा मारेको छ । थलारा गाउँपालिका -२ का वडाध्यक्ष रबेन्द्र खातीका बाख्रामाथि बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
वडाध्यक्ष खातीका बाख्रा कालापानी बिसौनाको जङ्गलमा चर्न गएको अवस्थामा बाघले आक्रमण गरी १८ वटा बाख्रा मध्ये बोका १, बाख्रा ६, खसी २, पाठा २ गरी जम्मा ११ वटा बाख्रालाई मारेको बताइएको छ । यस्तै ६ बाख्रा सकुशल रहेको र एकलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दीपेश चौधरीले बताए ।