जन्मदिनको अवसरमा शिक्षक मण्डेलद्धारा शैक्षिक सामाग्री वितरण

सुर्मा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मण्डेलले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । प्र अ मीन बहादुर मण्डेलले आज बिहीबार पर्न गएको आफ्नो जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । मण्डेलले सुर्मा गाउँपालिका ४ स्थित सुर्मा माध्यमिक विद्यालयकामा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका करिब १५० जना विद्यार्थीहरूलाई अभ्यास पुस्तिका कपी, कलम वितरण गरेका छन् ।
हिस्टुन बझाङ जिल्ला कार्यसमितिका सचिव, सुर्मा गाउँपालिका नेपाल स्काउटका सदस्य समेत रहेका मण्डेलले आफ्नो जन्मदिन विद्यालयमै मनाउँदै विद्यार्थी बालबालिकालाई शैक्षिक सामाग्री दिएका हुन् ।

 

पछिल्लो समय जन्मदिनमा रमाइलो गरेर फजुल खर्च गर्ने परिपाटी रहेका बेला फजुल खर्च गर्नुभन्दा आफू पनि शैक्षिक क्षेत्रमा अडिग भएको हुँदा शिक्षा  सेवामा सकेको रकमबाट सहयोग गर्नु पर्छ भन्ने सन्देश दिनकै लागि भए पनि विद्यार्थीहरूलाई अभ्यास पुस्तिका कपिहरू वितरण गरेको मण्डेलले बताए ।

 

शिक्षक मण्डेलले जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनुपर्ने धारणाका साथ सुर्मा माद्यमीक विद्यालयका प्रधानाध्यापक देव बहादुर पुजारा लगायत सम्पूर्ण शिक्षक  विद्यार्थीहरूको लगायतको उपस्थितिमा अभ्यास पुस्तिका कपीहरू  वितरण गरी आफ्नो जन्मदिन मनाएका हुन् । यस्तै उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मण्डेलले आगामी  शैक्षिक भविष्यको शुभकामना समेत व्यक्त गरेका छन् ।
Loading...