बझाङमा रुखबाट लडेर एक महिला घाइते 

बझाङको तलकोट गाउँपालिका रुख बाट लडेर एक महिला घाइते भएकी छिन् ।
आज दिउँसो ४ बजेको समयमा तलकोट गाउँपालिका- ४ स्याडाका लोकेन्द्र बुढाकी श्रीमती वर्ष १८ की रेजिना बुढा रुखबाट लडेर घाइते भएकी हुन् ।
घर नजिकै रहेको बाजको रुखमा स्याउला काट्नेक्रममा रुखबाट लडेर उनको दाहिने हात,कम्मर र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते बुढाको जिल्ला अस्पताल सिमखेतमा  उपचार भइरहेको छ ।
Loading...