भवानी माविमा वक्तृत्वकला प्रतियोगिता, उत्कृष्ट विद्यार्थी पुरस्कृत

जयपृथ्वी नगरपालिका –६ स्थित भवानी माद्यमीक विद्यालयमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । प्रगतिशील युवा समाज, वर्ल्ड भिजन इन्टरनेशनल र जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोग तथा समन्वयमा भवानी माविमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी शीर्षक लिएर ११४ औँ नारी दिवसको पुर्वसन्ध्यामा विद्यार्थीबिच वक्तृत्वकला प्रतियोगिता गरिएको प्रगतिशील युवा समाजले बताएको छ ।

 

विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा भवानी माविका ४ जना छात्रछात्रा सहभागी भएका थिए । ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ शीर्षकमा सहभागी विार्थीले आफ्नो प्रस्तुति दिएका थिए । सहभागी विद्यार्थी मध्ये कक्षा १० मा अध्ययनरत छात्रा सुचित्रा सिंहले ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ शीर्षकमा प्रथम स्थान हासिल गरेकी छिन् । यस्तै विमल सिंह दितीय्, कक्षा ९ का झक्कु सिंह तृतीय र नवीन सिंह सान्त्वना भएका थिए ।

आफ्नो प्रस्तुतिमा सुचित्राले भनेकी छिन्,‘माया र दयाको खानी सन्दर्भकी रानी, सहनशीलताको प्रतिमूर्ति, शब्दहरूका भालाले मुटु छियाछिया पारि दिए पनि पीडालाई लुकाएर मुस्कान उगाल्न सक्ने एक अद्भुत कलाकार हुन नारी’ नेपालमा झन्डै ५१ दशमलव २ प्रतिशत महिलाको सङ्ख्या छ । के ती सबै महिलामा लगानी भएको छ त ? पक्कै पनि छैन । हाम्रो समाज परम्परागत मूल्य मान्यता र सिद्धान्तमा आधारित रहेर अगाडी बढ्दै आएको समाज हो । अझ यसलाई प्रस्ट भन्दा पुरुषवादी समाज । सतिप्रथा, देउकी प्रथा जस्ता प्रथाहरूबाट हाम्रो समाजको विकास भएपनी नेपालका केही क्षेत्रहरूमा महिलाको अवस्था दयनियनै छ ।
सुचित्राको भिडियो हेर्नुस् :
कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका शिक्षा शाखा संयोजक नीरज प्रसाद रेग्मीले विद्यार्थीको सिकाई उपलब्धि, क्षमता विकास र प्रतिभाको प्रस्फुटनका लागी वक्तृत्वकला प्रतियोगिता महत्त्वपूर्ण भएको बताएका छन् । उनले भने,‘ विद्यार्थीमा बोल्ने बानीको विकास हुनुपर्छ । समाज रूपान्तरणको माध्यम शिक्षा हो । भावी दिनको शिक्षित, समाज सुधारक विद्यार्थी हो । त्यसैले विभिन्न अतिरीक्ती क्रियाकलाप सञ्चालन गर्नु आवश्यक छ ।

वक्तृत्वकला प्रतियोगितामा भाग लिने विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार स्वरूप शैक्षिक सामाग्री पनि वितरण गरिएको छ । जसमा उत्कृष्ट हुने विद्यार्थीलाई १० वटा कपी, १ प्याकेट कलम , डिस्नेरी, डायरी, द्धितीय स्थान हासिल गर्नेलाई १० कपि, डायरी, १ प्याकेट कलम, पेन्सिल, तेस्रोलाई १० कपी, ज्यामी टी बक्स, कलम, पेन्सिलसान्त्वनालाई १० कपी कलम, नोट बुक, पेनशील वितरण गरिएको हो ।

भवानी माविका प्रधानाध्यापक वीर बहादुर बम्मको सभाध्यक्षयतामा सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिका शिक्षा शाखा संयोजक नीरज प्रसाद रेग्मी रहेका थिए । यस्तै विशिष्ट अतिथि प्रगतिशील युवा समाजकी प्रतिनिधि पार्वती सिंह रहेकी थिइन् ।
Loading...