धम्पुसमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुँदै

माछापुच्छ्रे गाउँपालिका वडा नं ७ धम्पुसमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । आगामी चैत २८ गते सञ्चालन हुने सो स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टर र अत्याधुनिक उपकरण सहित सेवा दिइने वडाध्यक्ष बैकुण्ठ भण्डारीले जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिका आयोजनामा र चरक अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने छ । धम्पुसको सामुदायिक स्वास्थ्य इकाईमा सो शिविर सञ्चालन हुने छ । शिविरमा  जनरल फिजिसियन सेवा, स्त्रीरोग सम्बन्धी सेवा, बाल रोग सम्बन्धी सेवा, हाड तथा नशा रोग सम्बन्धी सेवा, भिडियो एकसरे सेवा तथा ई.सी.जी. सेवा दिइने छ ।
Loading...