प्रविधिमा महिलाको पहुँच पुग्न सकेन : उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच पुग्न नसकेको बताएकी छन् । मंगलबार सिंहदरबारमा भएको एक कार्यक्रममा उनले प्रविधिमा महिलाको पहुँच पुर्‍याउने नारा लगाएपनि नाराअनुसार काम हुन नसकेको बताएकी हुन् ।

उपसभामुख रानाले अहिले पनि विभिन्न वडा सदस्यहरुसँग एउटा मोबाइलको पहुँच नहुँदा सामान्य सूचनाहरुसमेत हेर्न र पढ्न नसक्ने अवस्था रहेको बताइन् । उनले राज्यले हरेक वडा सदस्यहरुलाई एउटा मोबाइल प्रदान गर्न आवश्यक रहेको बताइन् ।

 

मोबाइलको प्रयोगले उनीहरुको क्षमता विकास हुने उनको भनाइ थियो । उनले निर्भीक भएर कलम चलाउने पत्रकारहरुको सुरक्षाका लागि सांसदहरुले बहस गर्न जरुरी रहेको बताइन् ।

उपसभामुख रानाले महिलाको हक अधिकारकारको सुनिश्चितता गर्न राज्यबाट आवश्यक बजेट छुट्याउनुपर्ने बताइन् ।

Loading...