सीके राउतको पार्टीले बझाङमा उम्मेदवार उठाउने, को बन्दै छन् उम्मेदवार?

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आसन्न उपनिर्वाचनमा इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) मा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ । मंगलबार बसेको जनमत पार्टीको सचिवालयको बैठकले सो निर्णय गरेको हो । उम्मेदवार उठाउने बारे निर्णय भएपनि उम्मेदवारकाे टुंगाे नलागेकाे पार्टीका प्रवक्ता डा. शरतसिंह यादवले बताए ।

बैठकले नयाँ बनेको गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरतसिंह यादवले बताए । साथै सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमाथि छलफल गरेको छ । माघ ८ गते मधेस कृषि विश्व विद्यालयको भवन निर्माणको शिलान्यास गर्ने क्रममा भएको झडपमा जनमत पार्टीका तत्कालीन मधेस प्रदेशका शिक्षा मन्त्री महेश यादवलगायत अन्य नेताहरू घाइते भएका थिए ।

जसपाका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले सो भवनको शिलान्यास गरेका थिए । जनमतले त्यसको विरोध गरेपछि झडप भएको थियो ।

Loading...