रबीमाथि झटारोः चुनावअघि ‘बा’हरुलाई नाे नट अगेन’, चुनावपछि ‘अगेन एन्ड अगेन’

रास्वपाप्रति इंगित गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘चुनावमा जाँदा नो नट अगेन, कुनै यी देखिएका बूढा अनुहार प्रधानमन्त्री बन्नुहुन्न? अनि कहिले बालुवाटार कहिले खुमलटार, अहिले त अगेन एन्ड अगेन, सरकारमा फेरि पनि फेरि पनि ।’

नयाँ राजनीतिक दलहरू कल्पनाको आकाशबाट वास्तविकताको धरातलमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले भूमिका खेलेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

प्रधानमन्त्रीले संसद्‍मा राखेको विश्वासको प्रस्तावको विपक्षमा बोल्दै सांसद शर्माले नयाँ राजनीतिक दलहरू परिपक्व हुँदै गएको बताएका छन् । पुराना नेताहरूलाई अब प्रधानमन्त्री बनाउनुहुन्न भन्नेहरू तिनै नेताहरूलाई प्रधानमन्त्री बनाउन कुदिरहेको शर्माले बताए ।

नयाँ दल बनाएर बडो उत्साहका साथ आएका साथीहरूको उत्साहलाई सम्मान गर्नुपर्छ । नयाँ दललाई कल्पनाको आकाशबाट वास्तविकताको जमिनमा ल्याउनुभएको छ, व्यवहारिक बनाउन खोजेको अवस्था छ । उत्साह हुन्छ, हुनुपर्छ तर त्यो व्यवहारिक जमिनमा आउनुपर्छ, शर्माले थपे, चुनावमा जाँदा नो नट अगेन, कुनै यी देखिएका बूढा अनुहार प्रधानमन्त्री बन्नुहुन्न? अनि कहिले बालुवाटार कहिले खुमलटार, अहिले त अगेन एन्ड अगेन, सरकारमा फेरि पनि फेरि पनि ।

नयाँ राजनीतिक दलहरूलाई सरकारमा सहभागी गराउँदा ती दलहरू परिपक्व बन्ने शर्माले बताए ।

मिसन २०८४ लिएर हिँडिरहेका नयाँ दलहरूलाई वर्तमानतिर ध्यान दिन पनि उनले सुझाएका छन् । यो देशमा केही भएको छैन, २०८४ मा हामी आउँछौं र बनाउँछौं भन्ने दलहरू विभिन्न परियोजनाको पदयात्रामा जाँदा देशमा केही भएको होइन कि केही भइरहेको छ तर ढिलो भइरहेको छ भन्ने उनीहरूमा ज्ञान आएको शर्माले बताए । मुलुक निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने पनि शर्माको आग्रह थियो ।

Loading...