लिजा लामाको स्वरमा के भनी बोलाऊँ बोलको गीत सार्वजनिक भएको छ । निर्मल बरालको शब्द सङ्गीत रहेको गीत लाई मनोज चौलागाईंले सङ्गीत संयोजन गरेका छन् । इलामको रमणीय ठाउँमा छायाङ्कन गरिएको गीतमा राजु लामा र रोजिना धिमालको अभिनय देख्न सकिन्छ ।
उक्त गीतमा विक्रम धिमालको छायाङ्कन टेकेन्द्र शाहको सम्पादन रहेको छ भने सानु उपाध्यायको कन्सेप्ट रहेको छ । लाइम लाइट नेपालको पोस्ट प्रोडक्सन रहेको गीतमा मोडल लामाकै निर्देशन रहेको छ । गीतलाई साइराम पिक्चर्स युट्युब च्यानल गएर हेर्न सकिन्छ ।
https://www.youtube.com/watch?v=2w4S2h2JKzU