बझाङको सेती नदिमा बगेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेको समयमा जयपृथ्वी नगरपालिका-७ धौलाबगर स्थित सेति नदिको किनारमा नुहाउने क्रममा बगेर जयपृथ्वी-६ का ४० वर्षिय धनजित आग्रीको मृत्यु भएको हो ।
गएराती चट्याङ लागी मृत्यु भएका गजेन्द्र बहादुर सिंहको दाहासंस्कारको लागी मलामी गएका आग्रीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनी अन्दाजी १ किलोमीटर तल बगएर नदिको किनारमा मृत अवस्थामा भेटिएका बताइएको छ ।