जेरो इन्जिनियर मोटर साइकलको ३ दिने बुलेट च्यारीटी यात्रा

चैत्र ९ गते शुक्रबार सुरु भएको बुलेट च्यारीटी राईड सम्पनन भएको छ । काठमाडौँको जेरो इन्जिनियरिङ मोटरसाइकल प्रालिद्वारा आयोजित ३ दिने च्यारिटी यात्रा ११ गते सम्पन्न भएको हो ।
काठमाडौको सुके धाराबाट सुरु भएको सो राईडमा काठमाडौँ क्षेत्र नं ५ का माननीय सांसद श्री प्रदीप पौडेल र रोयल इन्फिल्डका डिरेक्टर मेघराज पौडेल द्वारा उद्घाटन गरी चितवन सौराहा सम्मको यात्रा तय भएको थियो । काठमाडौँ देखि टिस्टुङ पालुङ, दामनहुदै हेटौँडाको रोयल ईन्फिल्ड सो रुम भिजिट गरी बेलुकी चितवनको सौराहा होटेल सफारीमा बसेको जेरो इन्जिनियरिङ प्रालिका संन्चाकल विक्रम भट्टराईले जानकारी दिए ।

दोस्रो दिन चितवनको रापती नगरपालिका ०३ मा रहेको श्री जनज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद र शैक्षिक सामाग्री हस्तान्तरण गरी चितवन मै रहेको रोयल ईन्फिल्ड टाडीको सो रुम भिजिट गरिएको थियो ।

सोही दिन सम्पूर्ण राईडर सहित विभिन्न ४ बटा गेम संन्चालन गरिएको थियो । सोही होटेलमा लाइभ म्युजिक, गेममा सामेल प्रथम हुने राईडरलाई पुरस्कार र मायाको चिनो हस्तान्तरण गरिएको थियो । चितवन, नारायणगढ, मुग्लिङ हुँदै जेरोमा आएर सो यात्रा भएको थियो । उक्त च्यारीटी राईडमा ६५ बटा बुलेट बाइक समावेश भएका थिए । सो राईडको उद्देश्य आन्तरिक पर्यटन पर्बदन र भाइचाराको सम्बन्ध बिस्तार गर्नु रहेको सहभागी प्रकाश गिरिले बताए ।

सो च्यारीटी राइडमा अल्फा, अरुणिमा एजुकेसन फाउन्डेसन, पुडासैनी स्टेशनरी एन्ड बुक सेन्टर, रोयल इन्फिल्डका दीपेश श्रेष्ठ, सरोज श्रेष्ठ (बुलेट पासा) हेटौँडा इन्फिल्डर्स, टाडी रोयल इन्फिल्ड सो रुम, लायन्स क्लब अफ काठमान्डु, ग्लोबल यूथ, सम्पूर्ण क्रु सदस्यलगायतका व्यक्ति तथा सङ्घसंस्थाको सहयोग रहेको थियो ।

Loading...