कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धम्पुस पोखरी पुर्ख्यौली थलो भई हाल संयुक्त अधिराज्य (युके) कर्मथलो बनाएका घोताने गुरुङ परिवारले दृष्टि विहीनलाई आर्थिक सहयोग गरेका छन् । धम्पुस पोखरी घोताने परिवार युकेमा आबद्ध व्यक्तिहरूले रकम सङ्कलन गरेर माछापुच्छ्रे गाउँपालिका ७ का दृष्टिविहीन बालक अजित विकलाई उपचारकाे लागि आर्थिक सहयोग गरेको हुन् । आँखाको ज्योति गुमेका १२ बर्सिया बालक अजित विकलाई सो परिवारको तर्फबाट उपचारका लागि १ लाख ७१ हजार २५० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ ।
माछापुच्छ्रे ७ को पोखरी समाज घरमा धम्पुस पोखरी घोताने परिवारको कुल पूजा कार्यक्रममा पीडित बालकको उपस्थितिमा उनका आमा र बुबालाई सो चेक हस्तान्तरण गरिएको थियो । माछापुच्छ्रे गाउँपालिका वडानं. ७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारी, धम्पुस पोखरी घोताने परिवार युकेका सचिव अमृत गुरुङ, कोषाध्यक्ष रामबहादुर गुरुङलगायत वरिष्ठ व्यक्तिहरूले सो चेक हस्तान्तरण गरेका थिए । धम्पुस पोखरी घोताने परिवार युकेका कोषाध्यक्ष रामबहादुर गुरुङले गोलमान गुरुङको अध्यक्षतामा सो रकम जुटाउने प्रयास गरेको बताएका थिए । रकम हस्तान्तरण गर्दै पीडित अजितको दृष्टि सुधार होस भन्ने कामना व्यक्त गरेका थिए ।
सचिव अमृत गुरुङले आपतविपतमा परेका असहायहरूलाई धम्पुस पोखरी घोताने परिवार युकेले सक्दो सहयोग गरेर पुण्यको काम गरिरहेको उल्लेख गरेका थिए । पीडित बालकको तर्फबाट माछापुच्छ्रे गाउँपालिका ७ खानी गाउँका युवा रबी विश्वकर्माले पहल गरेको अमृतले उल्लेख गरेका थिए ।
सोही क्रममा धम्पुस पोखरी समाज घरमा कुल पूजा कार्यक्रममा उपस्थित अन्य व्यक्तिहरूले पनि आर्थिक सहयोग गरेका थिए ।
कुल पूजाका क्रममा थप सहयोग गर्ने व्यक्तिहरूको नामावली यस प्रकार छः
नन्दा गुरुङ ५००
जसबहादुर गुरुङ १०००
सपना अधिकारी २००
शान्ति गुरुङ ५०५
जौमाया गुरुङ ५०५
ताईबहादुर गुरुङ १०००
ममता गुरुङ १०००
इन्दिरा गुरुङ ५१०
रसदेवी गुरुङ ५००
तुलसी गुरुङ २०००
जुन कुमारी ५०५
अमृत गुरुङ २०००
जगन गुरुङ २५००
कृष्ण कुमारी गुरुङ ५५०
गङ्गाकुमारी गुरुङ ५०५
राजमान गुरुङ ५०५
रक्षबहादुर गुरुङ ५०५
अर्जुन गुरुङ ५०५
इद्र सिङ गुरुङ १०००
सुजन गुरुङ १०१०
आस बहादुर गुरुङ १०००५
विष्णु कुमारी गुरुङ ५५०
एलेक्स गुरुङ १०००
लछिङ गुरुङ ५००
खिम कुमारी गुरुङ १०१०
जगन गुरुङ ५००
चित्र कुमारी गुरुङ ५००
अमर गुरुङ ५००
राजेश गुरुङ ५००
राजेश गुरुङ १०००
आस बहादुर गुरुङ ५०५
आर्जूँ घोताने १०००
चम्पासिंह गुरुङ १०००