मुगुमा अचम्मको लुटपाट: लुटेराले बैंक फोडेर सुरक्षागार्डको जुत्ता र खुकुरी मात्रै लिए

मुगुस्थित एनआइसी एसिया बैकको शाखा कार्यालयमा तोडफोड भएको छ। गयराति बैंकको मुल ढोका फोडेर  ९ः२१ बजे एकजना व्यक्तिभित्र गएको बैंकको सिसी क्यामारामा देखिएको छ।

उक्त व्यक्तिले बैकभित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ। बैकमा एकजना मात्र सुरक्षाकर्मी भएको र उस्को डिउटी राति ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैंकको मुल ढोका फोरेको देखिन्छ।

 

प्रहरीले दिएको जानकारि अनुसार बैंकको ढोका फोरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उस्को खोजी भइरहेको छ।

ढोका फोर्ने र जुत्ता खुकुरी चोर्नेबाहेक अन्य कुनै क्षेति नभएकाे प्रहरीले जनाएकाे छ। घटना सम्बन्धमा बैकका शाखा प्रमुख विश्वराज बुढासँग बुझ्दा उनले बैंकका कर्णाली प्रदेश सूचना अधिकारी अनिल आचार्यसँग बुझ्न आग्रह गरे भने आचार्यसँग बुझ्न फोन गर्दा उनको फोन उठेन।

Loading...