रामपुर क्याम्पसको स्ववियु अध्यक्षमा बझाङका जोशी

चितवनको कृषि र पशु अध्ययन संस्थान रामपुर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिको जिम्मेवारी चेतराज जोशीले सम्हाल्ने भएका छन् । निर्वाचित अध्यक्ष दिवस पौडेलले व्यक्तिगत कारण देखाउँदै निर्वाचित स्ववियु उपाध्यक्ष चेतराज जोशीलाई कार्य बाहक अध्यक्ष दिएका हुन् । गत वर्षको स्ववियु निर्वाचनमा पौडेल अध्यक्षमा निर्वाचित भएका थिए भने जोशी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्ष पौडेलले व्यक्तिगत कारणले जोशीलाई कार्यवाहक अध्यक्ष दिएको उल्लेख गरे पनि स्ववियु निर्वाचन अघि नै आधा आधा कार्यकाल अध्यक्ष भएर काम गर्ने सहमति भएको उल्लेख गरे ।

पौडेल र जोशीबिच अध्यक्षको जिम्मेवारी बाँडफाँड गर्ने बारेमा सहमति भएको पत्र समेत सार्वजनिक भएको छ । जसमा भनिएको छ, ‘हाल अखिल संयुक्तको तर्फबाट सभापतिका उम्मेदवार दिवस पौडेल आधा कार्यकाल २०८० चैत्र ५ सम्म स्ववियू सभापति भई कार्य गर्ने र त्यसपछि कार्यवाहक दिई उपसभापतिका उम्मेदवार चेतराज जोशीले वाकी आधा कार्यकाल कार्यकारी अध्यक्ष भई कार्य सञ्चालन गर्ने सहमति गरियो ।

Loading...