बुडखोरीमा सुदिप र निर्मलको याज्ञवल्क्य नीति,  वाइसिएल इन्चार्जले ‘गोदे’ एमालेका नेता

बझाङ अहिले चुनावी माहौलमय छ । प्रदेश सभा (क) को उपनिर्वाचनका लागि वैशाख १५ नजिकिँदै गर्दा राजनीतिक दलहरू मत तान्न सक्रिय छन् । राजनीतिमा याज्ञवल्क्य ऋषिद्वारा लिखित साम, दाम, दण्ड र भेदको नीति निकै लोकप्रिय हुन्छ । कुनै पनि व्यक्ति आफ्नो शत्रु होस् या त प्रतिस्पर्धी । उसलाई आफ्नो वशमा राख्नको लागि कुन विधि अपनाउने त ? यस विषयमा याज्ञवल्क्य भन्छन् ‘सबैभन्दा पहिले उसलाई बढाइचढाइ गरेर आफ्नो पक्षमा ल्याउन सकिन्छ । यो नीतिलाई साम, आर्थिक प्रलोभन वा अन्य कुनै प्रलोभनमा पारेर राज गर्ने नीति दाम, फुटाऊ र राज गरको नीति दण्ड र उसको केही कमजोरीलाई टेकेर उसलाई दण्डित गरेर ऊमाथि राज गर्नु दण्ड नीति अनुसार पर्छ ।
यो समाचारको विषय भने प्रदेश सभा उपनिर्वाचनका उम्मेदवार जनक बहादुर बुढा उर्फ कमरेड सुदिप र उनका द्धन्द्धकालिन दोस्त लोकेन्द्र सिंह धामी निर्मलको कार्यशैली वरिपरि छ । चुनाव नजिकिँदै गर्दा  याज्ञवल्क्यको नीति अनुसरण गरेको हो की भन्ने ठम्याउन गाह्रो छैन । घटना हालैको हो । छविसपाथिभेरा गाउँपालिकाको साबिक लेकगाउँ गाविस उहिले देखि नै माओवादीको किल्ला ठान्ने गरिन्छ । हालका उम्मेदवार जनक बहादुर बुढा सोही ठाउँका बासिन्दा हुन् । थुप्रै सहिद जन्माइसकेको यो क्षेत्रमा माओवादीको दबदबा उहिले र अहिले उस्तै छ । चुनावको मुखैमा छविसपाथिभेरा गाउँपालिका इन्चार्ज अमर धामी (एके) ले द्धन्द्धकालिन भौतिक कारबाहीको शैलीमा पूर्व माओवादी कार्यकर्ता तथा वर्तमान नेकपा एमालेका नेता हिमाल धामीमाथि हातपात गरेको चर्चा छ ।
आफ्ना स्थानीय नेतामाथि वाइसिलए इन्चार्जले हातपात गरेपछि एमालेजनले सुदिप र सोही वडाका नेता निर्मल धामीलाई याज्ञवल्क्य नीति अपनाएको आरोप लगाएका छन् । वडानं ७ मा आज दिउँसो एकेको हातपात हिमालमाथि भएको उनीहरू बताउँछन् । यद्यपि सो क्षेत्रका माओवादी नेता निर्मलले भने कमरेड सुदिप र आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिए । एमालेजनले सो प्रकरणलाई राजनीतिक फण्डा नबनाउन उनले अनुरोध गरे ।
हातपातमै उत्रिएका अमरले भने यो ‘केस’ विशुद्ध पारिवारिक भएको बताए । हिमाल धामी र आफू तिन दिने दाजुभाइ भएकाले पारिवारिक छलफल मात्रै भएको उल्लेख गर्दै दाजुभाइबिचको छलफललाई राजनीतिक रगं न पोत्न अनुरोध गरे ।
Loading...