राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ । सङ्घीय हिन्दु गणतन्त्र नेपालको स्थापना गर्न र राष्ट्रलाई एकजुट बनाउन देशैभर सक्रिय सङ्गठन राष्ट्रिय एकता अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको हो ।
१५ सदस्यीय कार्यकारिणी समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका छन् । उपाध्यक्षमा टिका कुमारी छिरिङ, सचिवमा अनुपमणि अधिकारी चयन भएका छन् । राष्ट्रिय एकता केन्द्रीय अध्यक्ष विनय यादवको उपस्थितिमा कास्की जिल्ला कमिटी गठन गरिएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष विनय यादवले हिन्दु धर्म नै राष्ट्रिय एकताको मूल मन्त्र भएको उल्लेख गरे । राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दु गणराज्य घोषणा गर्नु पर्ने कुरामा जोड दिए । नेपाललाई धर्मनिरपेक्ष देश घोषणा गर्दा राष्ट्रिय एकता कमजोर भएको बताए ।
कार्यक्रममा पूर्व राज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता महादेव लगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।