बझाङको प्याज भाउ खोज्दै डडेलधुरातिर

बझाङमा उत्पादित प्याजले जिल्ला भित्र भाउ नपाएपछि डडेलधुरा पठाइएको छ । कृषि ज्ञान केन्द्र बझाङ प्रमुख टेकबहादुर बिष्टका अनुसार बझाङमा उत्पादित अर्ग्यानिक प्याज १८ क्विन्टल डडेलधुरा पठाइएको हो ।
बझाङको जयपृथ्वी नगरपालिका-७ सुवेडामा उत्पादन गरेको प्याज प्रति केजी ५० रुपैयाँका दरले १८ क्विन्टल डडेलधुरा पठाइएको विष्टले जानकारी दिएका छन् । कहिँकतै स्थानीय उत्पादित प्याज विक्री गर्नुपरेको खण्डमा खबर गर्न समेत उनले आग्रह गरेका छन् ।
बझाङमा उत्पादन भएको प्याजले डडेलधुरामा मार्केट लिइरहेको छ ।
यस्तै अर्ग्यानिक लसुनको पनि माग बढिरहेको छ । उत्पादन गरेको  लसुन प्रति केजी १ सय देखि १ सय २० रुपैयाँमा खरिद भइरहेको छ ।
Loading...