बझाङका प्रमुख जिल्ला अधिकारी विश्व कुइँकेल लगायत कार्यालय प्रमुखहरूको टोली निर्माणाधीन योजना अनुगमनमा वित्थडचिर पुगेको छ । प्रमुख जिल्ला अधिकारी कुइँकेल, बझाङ प्रहरी प्रमुख डिएसपी भरत शाह, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख शेर बहादुर विष्ट, जिल्ला समन्वय समितिका सदस्य गोरख बहादुर सिंह, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख कर्णबहादुर खड्का लगायत कर्मचारी, सञ्चारकर्मीको संयुक्त टोलिले योजना अनुगमन गरेको हो ।
भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र बझाङले बाख्रा खोरको अनुगमन गरेको छ । कार्यालयको आर्थिक सहयोगमा निर्माण भएका बाख्रा खोरहरूको अनुगमन गरिएको हो । टोलिले शनिवार बित्थडचिर गाउँपालिका – ९ को रैकोसी र ६ नम्बरको । तोलिलेकमा निर्माण गरिएको बाख्रा खोरको अनुगमन गरेको हो ।
बाख्रा प्रवर्द्धन कार्यक्रम अन्तर्गत रैकोसीमा हिमांशु कृषि तथा पशुपन्छी फर्मले निर्माण गरेको बाख्रा खोरको अनुगमन गरिएको थियो । बाख्रा खोर निर्माणमा ३ लाख रुपैयाँ भेटेरिनरी कार्यालयको अनुदान र ३ लाख रुपैयाँ व्यक्तिगत लगानी रहेको छ । साथै कार्यालयले बाख्रा खरिदका लागि ९० हजार रुपैयाँ अनुदान दिएको छ जसमा ९० हजार रुपैयाँ व्यक्तिगत लगानीमा १८ वटा बाख्रा खरिद गरिएका छन् ।
हिमांशु कृषि तथा पशुपन्छी फर्मका सञ्चालक कर्ण बहादुर बोहराले बाख्रा पालनमा सक्रियता देखाएका छन् । खोरमा लगभग ५०/६० बाख्रा अटाउँछन् ।
।
यस्तै, बित्थडचिर गाउँपालिका (६ को तोलिलेकमा सृजनशील कृषक समूहले निर्माण गरेको खोरको पनि अनुगमन गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्राखा ब्लक कार्यक्रममा १० लाख रुपैयाँ अनुदान र ५ लाख ९० हजार समूहको लगानी रहेको छ । जसमा ४ लाख रुपैयाँको लागतमा आधुनिक खोर निर्माण गरेको छ । ९ लाख ७५ हजार रुपैयाँमा ६५ वटा बाख्रा खरिद गरेको छ । यस्तै पशु नस्ल सुधारका लागी ६० हजार रुपैयाँमा २ वटा उन्नत जातको बोका खरिद गरिएको छ । ८० हजार रुपैयाँ औषधि प्रयोग र २५ हजार रुपैयाँ बराबरको पशु आहारको लागि घाँसको बिउ वितरण गरिएको छ ।
शनिवार प्रमुख जिल्ला अधिकारी विश्व कुइँकेल, प्रहरी प्रमुख डिएसपी भरत शाह, जिल्ला समन्वय समितिका सदस्य गोरख बहादुर सिंह, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख शेर बहादुर विष्ट, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख कर्णबहादुर खड्का लगायत कर्मचारी, सञ्चारकर्मीको संयुक्त टोली अनुगमनमा निस्केको हो ।