सुदूरपश्चिमका ५ जिल्लामा सडक अवरुद्ध, जोखिममा रहेका बस्ती सारियो

लगातारको वर्षापछि खसेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । बाढी पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले बझाङ, बैतडी, दार्चुला, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् । यी जिल्लामा ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द भएका छन् ।

बझाङको तमैल माल्ला लाग्ने भिर, बैतडीको सुर्नया गाउँपालिका- ६ तर्फको ढोल्यामोड, दार्चुलाको मालिकार्जुन नगरपालिका- २ को पनेबाज, र अछामको साफे(मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका- १३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको सम्बन्धी जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।

Loading...