बझाङमा गए राती देखी अवरुद्ध भएको विद्युत् सेवा सुचारु भएको छ । लगातारको भारी वर्षाका कारण बहाव बढेर आएको सेती नदिले विद्युतको पोल बगाउँदा सेवा अवरुद्ध भएको थियो ।
सेती नदिमा पानीको बहाव बढेपछि धार परिवर्तन गर्दा जिल्लाको केदारस्युँ गाउँपालिका- १ पथुडा नजिक विद्युतका २ पोल बगाएपछि विद्युत् सेवा हिजो दिउँसो देखिनै अवरुद्ध भएको हो ।
हिजो राती पानीका कारण काम गर्न असहज भएको प्राविधिकले बताए पनि आज बिहान बाट अवरुद्ध विद्युत् सेवा सुचारु भएको छ ।

यस्तै नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने ठाउँहरूमा बर्सादको समयमा पहिरो तथा बाढीले गर्दा पोल ढल्ने, तार चुँडिने, लतारिने, तार जमिनमा खस्ने तथा पोल भाँचिन गई विद्युत दुर्घटना हुने जोखिम रहेको हुँदा यस्तो समस्या कहिँकतै देखेमा वा सुनेमा विद्युत वितरण केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
