बझाङका १० जना उत्कृष्ट कृषक सम्मानित

बझाङका १० जना उत्कृष्ट किसान सम्मानित भएका छन् । कृषि ज्ञान केन्द्र बझाङले कृषि क्षेत्रमा राम्रो योगदान र मिहिनेत गरेका किसानलाई मूल्याङ्कनका आधारमा छनोट गरी सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा जयपृथ्वी नगरपालिका -७ सुबेडामा तरकारी खेती गर्ने जयलक्ष्मी जोशी, जयपृथ्वी नगरपालिका- १० का राम सिंह राना, तलकोट गाउँपालिका-६ का गोपिलाल विष्ट, बुंगल नगरपालिका- ८ का ग्रीस बोहरा, सुर्मा – २ का जयबहादुर बोहरा, दुर्गाथली-३ का धने रोकाया, छबिसपाथिभेरा-३ का हर्क बहादुर सिंह, केदारस्युँ-४ का धनबहादुर अधिकारी, जनपा-४ का पुर्ण प्रसाद उपाध्याय, र छबिस पाथिभेरा – १ का महेश धामी रहेका छन् ।

पुरस्कृत भएका उत्कृष्ट कृषक

किसानको सीप, श्रम र पसिनाको सम्मान स्वरूप प्रति किसानलाई नगद १० हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको कृषि ज्ञान केन्द्र प्रमुख टेकबहादुर विष्टले बताएका छन् ।

उनले भने, ‘किसानको सीप, श्रम र पसिनाको सम्मान स्वरूप सानो पुरस्कार वितरण गरिएको हो । कृषि पेसामा राम्रो गर्नेका लागि सरकारले हरेक तहबाट १ महिला १ जनजाति र बाँकी ब्राह्मण, क्षेत्री किसान प्रोत्साहन, पुरस्कार र अनुदान सहयोग गर्ने रहेछ भन्ने सन्देश जावस । आजको पुरस्कारले कृषकमा थप हौसला बढ्ने अपेक्षित छु ।

यस्तै व्यावसायिक कृषिमा सक्रिय रहेका कृषकलाई आधुनिक र विकसित कृषि प्रणालीबारे सचेतना पनि दिइएको छ ।

कार्यालय प्रमुख विष्ट दोसल्ला ओढाएर सम्मान गर्दै
Loading...