दार्चुलाको नौगाडमा एक पुरुष मृत फेला

दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–५ सेलाबगर खोलाको बिचमा अड्किएको अवस्थामा नौगाड गाउँपालिका–३ खारका राईमल सिंह बोहराका ३५ वर्षीय छोरा मनबिर बोहरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए। बोहराको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको प्रहरी टोलीले शवलाई पोष्ट–मार्टमको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएको सिंहले जानकारी दिए ।

Loading...