पोखराको छोरेपाटन पारी सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ। मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो।
बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए। यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।