बझाङमा जङ्गली च्याउ खाँदा एकैघरका दुईजना बिरामी

बझाङमा जङ्गली च्याउ खाएर एकै घरका दुई जना बिरामी परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका- २ मुम्लाका अन्दाजी २३ वर्षका लोकेश कठायत र उनकी १८ वर्षकी श्रीमती उग्रतारा कठायत जङ्गली च्याउ खाएर बिरामी भएका हुन् ।

 

बुधबार दिउँसो विषालु च्याउ पकाएर खाँदा एक्कासि बिरामी भई साँझ ६ बजे जिल्ला अस्पताल बझाङमा ल्याई सामान्य उपचार पश्चात् थप उपचारका लागी  धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 

श्रीमान् लोकेशको अवस्था गम्भीर रहेको र श्रमितीको अवस्था भने मध्यम रहेको प्रहरी बताएको छ ।
Loading...