छविसपाथिभेराका ठुलावडाले सत्यवादीमा जयपृथ्वीको जन्म जयन्ती मनाय

छबिस पाथिभेरा गाउँपालिका -२ स्थित सत्यवादी माद्यामिक विद्यालयले आयोजना गरेको जयपृथ्वी जन्म जयन्ती समारोह कार्यक्रम आज सम्पन्न भएको छ । राष्ट्रिय विभूति स्वर्गीय राजा जयपृथ्वी बहादुर सिंहको १४८ औँ जन्म जयन्ती भव्य रूपमा मनाएको हो । विद्यालय परिवारले प्रत्येक वर्ष भदौ ७ गते सिंहको जन्म जयन्ती सँगै विविध कार्यक्रम गरी मनाउँदै आएको छ ।
यो वर्ष पनि राजा सिंहको १४८ औँ जन्म जयन्तीको अवसर पारी विभिन्न ४ विधाका खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो । सत्यवादी माध्यमिक विद्यालयका प्रधानाध्यापक भैरव बहादुर कडायतका अनुसार प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, सिक्का टिप्ने दौड, स्मरण शक्ति परीक्षण र मिठाइ टिप्ने दौड प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगितात्मक कार्यक्रममा प्रावि स्तरीय हाजिर जवाफ प्रतियोगिता तर्फ बान्निचौर माविले  प्रथम स्थान हासिल गरेको छ । यस्तै कालिका आधारभूत विद्यालय काप्डी गाउँले दित्तिय स्थान हाँंसिल गरेको छ भने, शिशु आधारभूत विद्यालय दय तेस्रो र युवा शक्ति आधारभूत विद्यालय सुन्खोलाले सान्त्वना स्थान हासिल गरेको छ ।
सिक्का टिप्ने दौडमा छात्रातर्फ प्रथम हुनेमा बान्निचौर मावि, सत्यवादी मावि जयपृथ्वी नगर दोस्रो, लक्ष्मी  आधारभूत विद्यालय पितरगढा तेस्रो र  कालिका आधारभूत विद्यालय काप्डी गाउँ सान्त्वना भएको छ । स्मरण शक्ति परीक्षण तर्फ युवा शक्ति आधारभूत विद्यालय सुनखोला प्रथम, बान्निचौर मावि दोस्रो , शिशु आधारभूत विद्यालय तेस्रो र  सन्तोषी आधारभूत विद्यालय सबेला र लक्ष्मी आवि पितरगढा सान्त्वना भएका छन् ।
मिठाइ टिप्ने दौडमा शिशु आधारभूत विद्यालय प्रथम भएको छ । यस्तै दोस्रो कालिका आधारभूत विद्यालय र युवा शक्ति आधारभूत विद्यालय तेस्रो भएको छ भने बान्निचौर माविले सान्त्वना स्थान हासिल गरेको छ ।
जयपृथ्वी जन्म जयन्ती समारोह कार्यक्रममा लालमोति कला छात्रवृत्ति अक्षय कोषबाट ५ जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको छ । छात्रवृत्ति पाउने विद्यार्थी एसइई उत्तीर्ण छात्र विजय कडायत, सरस्वती धामी, सरिता ऐडि  यस्तै गरिब तथा जेहेन्दार छात्रवृत्ति कक्षा ८ का सागर विक, कक्षा-७ कि  निकिता मण्डलले पाएकी छन् । यो अक्षयकोष सोही विद्यालयका सेवा निवृत्त प्रावि शिक्षक लालबहादुर कडायताले स्थापन गरेका हुन् ।
सत्यवादी माद्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास सिंह कडायतको सभाध्यक्षतामा सुरु गरिएको कार्यक्रममा  प्रमुख अतिथि छबिस पाथिभेरा गाउँपालिका अध्यक्ष वसन्त बहादुर चलाउने, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहरा रहेका थिए । छबिस पाथिभेरा गाउँपालिकाका सबै वडाका वडाध्यक्ष पनि उपस्थित थिए । जन्म जयन्ती कार्यक्रम सञ्चालन शिक्षक विनोद बहादुर दमाई ले गर्नुभएको थियो । कार्यक्रम संयोजक धनराज अवस्थी रहेका थिए ।
Loading...