अखिल क्रान्तिकारी बझाङ अध्यक्षमा बम, क्रान्तिकारी अब पड्किने

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बझाङको अध्यक्षमा बम धामी चयन भएका छन् । अखिल क्रान्तिकारीको ८औँ जिल्ला सम्मेलनबाट धामी अध्यक्षमा चयन भएका हुन ।

जिल्लाको दुर्गाथली गाउँपालिकामा भएको भेलाबाट ४५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको थियो । सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा हिमाल खड्का, उपाध्यक्षमा गीता रोकाया तथा सचिव राम बिक चयन भएका छन् । सह सचिव बबिता जोशी र निखिल सार्की चयन भएका छन् ।

त्यसै गरी कोषाध्यक्षमा अंजना आग्री चयन भएकी छन् । चौधारीमा आयोजित जिल्ला सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय स्तरका नेताहरू रामचन्द्र रोकाया, देविजंग सिंह, दीपक रोकाया लगायतको उपस्थिति रहेको थियो । नेकपा माओवादी केन्द्रका प्रदेश तथा जिल्ला स्तरीय नेताहरूले पनि भेलामा सम्बोधन गरेका थिए ।

जिल्ला अध्यक्षमा निर्वाचित धामी छविसपाथिभेरा गाउँपालिका ७ का बासिन्दा हुन् । उनी विगत लामो समयदेखि विद्यार्थी सङ्गठनमा सक्रिय छन् । धामी सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन सुदूरपश्चिम प्रदेशका सचिव समेत हुन् ।

भेलाबाट बझाङ अखिल क्रान्तिकारीले जबरजस्त टिम पाएको अध्यक्ष धामीले उल्लेख गरे । जिल्लामा व्याप्त भ्रस्टाचार, अनियमितता, ढिलासुस्ती तथा विसंगीतको विरुद्धमा अखिल क्रान्तिकारी विस्फोट झैं पड्किन तयार रहेको धामीले उल्लेख गरे ।
Loading...