घट्टेखोला लघु जलविद्युत महिनौँ देखी बन्द, उपभोक्ताको अन्धकारमय बास

जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ नौरा घट्टेगाउँका बासिन्दा डेढ महिना देखी अन्धकारमय रात बिताइरहेका छन् । गाउँको लघु जलविद्युतको सेवा बन्द भएपछि त्यहाँका नागरिक सास्ती खेपिरहेका छन् ।
घट्टेखोला लघु जलविद्युत करिब डेढ महिना देखी अवरुद्ध भएको स्थानीय सुबास मण्डेलले बताए । उनले भने, ‘विद्युत् सेवा अवरुद्ध भएपछि अन्धकार रात त यहाँको दैनिकी नै भयो । दैनिक जसो गरिने कामकाज पनि प्रभावित बनेको छ । विद्यार्थीलाई लेखपढ गर्न समस्या भएको छ । मोबाइलमा चार्ज नभएर कतिपय स्थानीय बासिन्दा सञ्चार विहीन भएका छन् भने, कतिपयले नजिकै बुडखोरीको विद्युत्बाट मोबाइल चार्ज गर्न जाने गरेका छन् ।

 

विद्युत् सेवा अवरुद्ध भएको लामो समय बित्दापनी सुचारु हुने केही सुरसार देखिँदैन । विद्युत् उपभोक्ता समिति र  स्थानीय सरकारले पनि यस विषयमा केही परवाह गरेको छैन । सानो क्षमता भएको लघु जलविद्युत आयोजनाको डाइनामा बिग्रिएपछि मर्मत गर्न नसक्दा बन्द भएको उपभोक्ताले बताएका छन् ।

 

लामो समयदेखि सञ्चालन हुँदै आएको ४किलोवाट क्षमताको डाइनामामा अहिले खिया लागेर बिग्रिसकेको विद्युत् अपरेटर कलक मण्डेलले जानकारी दिए । मेसिन नै ल्याउनुपर्ने र   प्राविधिकलाई बोलाएर मात्र काम गर्न सकिने उनको भनाइ छ ।

 

४ किलोवाट उत्पादन हुन सक्ने घट्टेखोला लघु जलविद्युत आयोजना रकम अभाव, सम्बन्धित निकायको बेमतलबी  र मर्मत सम्भारको अभाव लगायतका कारणले अलपत्र हुने सम्भावना देखिएको छ ।
बिगि्रएको डाइनामा
Loading...