बझाङ उद्योग वाणिज्य संघद्धारा २ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना

बझाङ उद्योग वाणिज्य सङ्घले भलिबल प्रतियोगिताको आयोजना गरेको छ । महान् चाड वडा दसैँ तथा दिपावलीको अवसर पारि चौथो (बझाङ उद्योग वाणिज्य सङ्घ कप ) २०८१ को आयोजना गरेको हो । खेल उद्घाटन कार्त्तिक १ गते बिहान ११ बजे देखी जिल्ला सदरमुकाम चैनपुरमा हुने बझाङ उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।

 

पालिका स्तरीय पुरुष महिला भलिबल प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख २ हजार ८१, दित्तीय पुरस्कार १ लाख २ हजार ८१, तृतीय पुरस्कार ५२ हजार ८१, सान्त्वना पुरस्कार १२ हजार ८१ रुपैयाँ रहेको छ । टिम दर्ता शुल्क १० हजार तोकिएको छ ।

 

यस्तै महिला भलिबल तर्फ प्रथम पुरस्कार १ लाख २ हजार ८१, दित्तीय पुरस्कार ५२ हजार ८१, तृतीय पुरस्कार २२ हजार ८१, सान्त्वना पुरस्कार ५ हजार ५ सय ८१ रहेको छ भने टिम दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ ।
बझाङ उद्योग वाणिज्य सङ्घको सूचना

Loading...