बझाङको सेती नदिमा डुबेर एक जना बेपत्ता

बझाङमा माछा मार्ने क्रममा एक जना ढुङ्गाबाट चिप्लिएर सेती नदीमा बेपत्ता भएका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर- ९,रिठापाठाका २४ वर्षिय हिक्मत नेपाली सेती नदीमा डुबेर बेपत्ता भएका हुन् ।

 

आइतबार वेलुका ४:५० बजेको समयमा माछा मारिरहेका नेपाली ढुङ्गाबाट चिप्लिएर सेतीमा खसेका थिए । उनको खोजीमा स्थानीय र प्रहरी खटिएका छन् ।

Loading...