बालविवाहविरुद्धको भूमिकामा विद्यार्थी: सत्यवादी माविमा वक्तृत्वकला प्रतियोगिता

Hardware adds
जयपृथ्वी नगरपालिका–११ भोपुरस्थित सत्यवादी माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर “बालविवाह विरुद्ध विद्यार्थीको भूमिका” विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

 

जयपृथ्वी नगरपालिका, सत्यवादी मावि, प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको समन्वयमा नगर स्तरीय बाल क्लब सञ्जाल आयोजनामा भएको प्रतियोगितामा जयपृथ्वी नगरपालिकाभित्रका ४ माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । जसमा सत्यवादी मावि भोपुर, पाण्डु मावि पँडेस, बाल विकास मावि गोलाइ, र जालपा मावि देवल रहेका थिए ।

 

प्रतियोगितामा बालविवाह विरुद्ध विद्यार्थीको भूमिका प्रस्तुत गर्दै उत्कृष्ट प्रदर्शन गर्ने बाल विकास मावि गोलाइका छात्रा ललित ओखेडाले प्रथम स्थान हासिल गरेका छन् । दोस्रो स्थान सत्यवादी मावि भोपुरका छात्रा एलिना परियारले प्राप्त गरेकी छिन्, भने तेस्रो स्थान जालपा मावि देवलका छात्रा अपिक्षा जोशी र सान्त्वना पुरस्कार पाण्डु माविका छात्र आनन्द खड्काले प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र, झोला, कापी कलम, र अन्य शैक्षिक सामग्री प्रदान गरिएको थियो । कार्यक्रमले बालविवाहजस्तो गम्भीर सामाजिक समस्याबारे सचेतना फैलाउन र विद्यार्थीहरूलाई सामाजिक अभियन्ताको भूमिकामा प्रेरित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको सत्यवादी माद्यामिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद जैशीले बताएका छन् ।
Loading...