बालसंरक्षणमा प्रगतिशीलको योगदान, ३ दिने प्रशिक्षक तालिमको समापन

प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आयोजना, केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाकाको समन्वयमा बाल शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । गत शनिवारबाट सुरु भएको  प्रशिक्षण तालिम मंगलबार चैनपुरमा सम्पन्न भएको हो । ३ दिने तालिममा केदारस्युँ र जयपृथ्वी नगरपालिकाका २० जना शिक्षकको सहभागिता रहेको थियो ।  बाल संरक्षण र सामाजिक जिम्मेवारीका सम्बन्धमा शिक्षकहरूको क्षमता विकास गरिएको छ ।
यस तालिमको माध्यमबाट साथी शिक्षकहरूले बालबालिका शिक्षा र सुरक्षा सन्देशलाई प्रभावकारी तरिकाले समुदायमा पुर्‍याउनका लागि आवश्यक सीप र ज्ञान प्राप्त गरेका छन् । सुरक्षात्मक सीप, सामाजिक उत्तरदायित्व, सचेतना र अनलाइन सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूमा प्रशिक्षण गराइएको  हो । यस तालिममा वर्ल्ड भिजन इन्टरनेट नेपाल बझाङ संयोजक मेनुका मल्ल, प्रगतिशील युवा समाजका कर्मचारी विनोद थापा, रामबहादुर सार्की, गीता चन्द मल्ल, र शान्ति भण्डारीले प्रशिक्षण दिएका थिए।
तालिमपछि, सहभागी शिक्षकहरूले प्रगतिशील युवा समाजको परियोजनामा दर्ता भएका ६ देखि १२ वर्षका बालबालिकालाई प्रत्येक शनिवार अध्यापन गराउने छन् । यी शिक्षकहरूले सरल सीप समूहमा बालबालिकाको समूह गठन गरेर तिनीहरूको शैक्षिक विकासका लागि योगदान पुर्‍याउने भएका छन् । प्रत्येक समूहमा ३० जना बालबालिका रहनेछन्, यी बालबालिकाले  तालिम प्राप्त शिक्षकहरूको मार्गदर्शनमा शिक्षा प्राप्त गर्नेछन् ।

 

प्रगतिशील युवा समाजका कार्यसमिति सह-सचिव प्रविन्द्र धामीका अनुसार बाल संरक्षण कार्यमा साथी शिक्षकहरूको लागी तालिम अत्यन्त आवश्यक र अवसर भएको छ । यसले शिक्षकहरूको क्षमता वृद्धिमा मात्र होइन, समुदायमा सुरक्षित र समृद्ध वातावरणको सृजना गर्न पनि मद्दत पुर्‍याउनेछ उनले भने, । समाप्ति समारोहमा कार्यकारी निर्देशक लवराज जोशी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । तालिमले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
Loading...