जयपृथ्वी नगरपालिका-३ मा सोमबार बाल अधिकार समितिको नियमित मासिक बैठक सम्पन्न भएको छ। बैठकको आयोजना प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको समन्वयमा र बाल अधिकार समितिको पहलमा गरिएको हो ।
बैठकमा गणकद्वारा अपाङ्ग बालबालिकाको बारेमा गरिएका सर्वेक्षणको विवरणमा छलफल गरिएको थियो । साथै, साथी शिक्षक छनौटमा सहजीकरण, बाल क्लबको अभिलेखीकरण, जोखिममा रहेका बालबालिकाको विवरण अपडेट तथा अनुगमन, बाल योजनाहरू निर्माण र प्राथमिकरण बारेमा पनि बृहत् छलफल भएको छ । बैठकमा उच्च जोखिममा रहेका बालबालिकालाई सहयोग पुर्याउने सिफारिस र योजनाहरू कार्यान्वयनको आवश्यकता पनि उल्लेख गरिएको थियो ।
बैठकमा बाल अधिकार समितिका पदाधिकारीहरू, जनप्रतिनिधि, बाल क्लब सिआरसीका अध्यक्ष र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।