नेपाल पत्रकार महासङ्घ बझाङ शाखाको चुनाव यस पटक निकै रोचक र प्रतिस्पर्धात्मक बनेको छ । अध्यक्ष पदका लागि ढेपबहादुर विष्ट (डीबी) र ललित सिंह दुवैले ३३/३३ मत प्राप्त गरी बराबरी भएका छन् । अध्यक्ष पदका लागि दुबैजनाले समान मत प्राप्त गरेपछि चुनाव अझै रोचक बनेको छ ।
त्यस्तै, खुल्ला सदस्य पदमा पनि प्रतिस्पर्धा कडा देखिएको छ । पाँच जना निर्वाचित भइसकेका छन् भने बाँकी एक पदका लागि तीन उम्मेदवार- सुनिल मण्डेल, सुबास चन्द्र रोकाया, र गगन रावतले समान ३०/३० मत प्राप्त गरेका छन् । समान मत आउने स्थिति भएकाले अध्यक्ष र सदस्यका लागि “गोला प्रथा” गर्ने वा अन्य विकल्प अपनाउने निर्णय अझै हुन बाँकी छ ।
उपाध्यक्षमा रूपक खड्का निर्वाचित भएका छन् भने तरुणा जोशीले महिला उपाध्यक्षको जिम्मेवारी पाएकी छिन् । सचिवमा प्रताप ओली, सहसचिवमा बिर्ख बोहरा र समीर खत्री, कोषाध्यक्षमा दोरन्द्र खड्का निर्वाचित भएका छन् ।