धुवाँबाट निसास्सिएर खप्तड छान्नामा ७ चौपायाको मृत्यु

जिल्लाको खप्तड छान्ना गाउँपालिका-३ मेलतडीमा धुवाँका कारण निसास्सिएर ७ चौपायाको मृत्यु भएको छ ।

शुक्रवार राती ८ बजेतिर स्थानीय लालबहादुर रावलको दुई तले घरको भुइँतलामा आगो बालेको कारण घरभित्रको धुवाँले चौपायालाई निसास्सिएको हो । उनका १ भैँसी, २ गोरु, २ गाई, १ गाईको बाच्छो र १ खसी मरेका छन् ।

धुवाँबाट चौपायाको मृत्यु भए पनि अन्य मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । घटनाको जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक परमानन्द जोशीको कमान्डमा ३ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।

Loading...