बझाङ, महादेवको महापर्व महाशिवरात्रिको पावन अवसरमा बासुधारा क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरी (बासुधारा क्षेत्र) मा फागुन १४ गतेदेखि प्रारम्भ हुने यस कार्यक्रममा धार्मिक पूजा, भजन-कीर्तन, प्रवचन, सांस्कृतिक देउडा, भलिबल प्रतियोगिता तथा पर्यटकीय प्रवर्द्धनसम्बन्धी गतिविधिहरू विशेष आकर्षणका रूपमा रहनेछन् ।
महाशिवरात्रि धार्मिक उत्सव मात्र नभई हाम्रो संस्कृति र परम्पराको धरोहर पनि हो । यस अवसरमा सहभागी भई पुण्य लाभ लिन तथा बासुधारा क्षेत्रको महत्त्व उजागर गर्न आयोजक समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा महानुभावहरूलाई आमन्त्रण गरेको छ ।
छबिस पाथिभेरा गाउँपालिका–७ मजखोरी, बझाङको आयोजनामा सञ्चालन हुन लागेको यस कार्यक्रमले बासुधारा क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई उजागर गर्ने अपेक्षा गरिएको वडाध्यक्ष बिजय धामीले बताएका छन् । आयोजक समितिले सबैलाई कार्यक्रममा उपस्थित भई यसलाई सफल बनाउन अनुरोध गरेको छ ।