देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पात्र आवश्यक छः पुर्व राजा शाह
सधैँका वर्षझैँ यसपालि पनि पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज विहान भिडियो सन्देश जारी गर्दै पुर्व राजा शाहले शुभकामना व्यक्त गरेका हुन् ।
साथै, शाहले भिडियो सन्देशमै राजनितिक टिप्पणी गरेका छन् । शाहले राजनितिक दलहरु मुलुकको भविष्यप्रति जिम्मेवार नभएको भन्दै गुनासो समेत छन् ।
दसैँको अवसरमा भिडिओमार्फत शुभकामना दिँदै शाहले सुन्दर नेपाल निर्माण गर्न बलियो मियोमा सबै आबद्ध हुनुपर्नेमा जोड दिए ।
‘पूर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ । आफ्ना सनातनि मूलभूत महिमालाई विथोलेर केही संरचना बदलेर केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछु, पूर्वराजा शाहले भनेका छन्, ‘त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्यचेतना आउनु आवश्यक छ ।
उनले पदलोभ र भागबण्डामा राजनीतिक केन्द्रित हुँदै गएको भन्दै असन्तु्ष्टि पनि व्यक्त गरेका छन् ।
शाहले भनेका छन्, ‘आज आस्था, सिद्धान्त र जनविश्वासका दृष्टि ती कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने जल्दोबल्दो प्रश्न बनेको छ । पदलोभ सत्तास्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोग्नेका लागि राजनीतिक केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ?’
कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाका सबै अंगभित्र विवाद, विग्रह र विकृति बढेकोले सर्वत्र प्रश्न उठेको उनको भनाइ छ ।
‘यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविश्यप्रति र भविश्य निर्माणको कुनै भरोसा छैन । दायित्व के, गर्ने के, गर्नु नहुने के, न्यायिक मूल्यक के हो र के हैन यो सबै कुराको मूल्यांकन कसले गर्ने र कोबाट हुने?, उनको प्रश्न छ ।
देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको शाहको जिकिर छ ।
उनले देश असफलतातिर धकेलिन लागेको टिप्पणी गरेका छन् ।
‘स्वतन्त्र सार्वभौम नेपालललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत, सक्षम र समृद्धिको पुनर्निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाललाई फेरि महान बनाउनुपरेको छु,’ शाहले शुभकामना सन्देशमा भनेका छन् ।