काठमाडौं — नेपाली संगीत क्षेत्रमा नयाँ सांगीतिक कोशेली ‘सिरुपाते जुँगा’ सार्वजनिक भएको छ। गीतका शब्द कुमार स्याङबा ले लेखेका हुन् भने संगीत चन्द्र कुमार दोङ ले तयार पारेका हुन्। गीतको एरेन्ज नोर्बु शेर्पा ले गरेका छन्।

गीतमा गायक खेम मोक्तान र गायिका सुमिना लो को सशक्त स्वर सुन्न सकिन्छ। गीतको मिक्सिङ दिपेश प्रधान ले गरेका छन् भने रेकर्डिङ दिप स्टुडियो, बौद्ध मा सम्पन्न गरिएको हो।
गीतको भिडियो निर्देशन प्रतिक ङेश्युर ले गरेका छन् भने सह–निर्देशकका रूपमा अजय थिङ रहेका छन्। भिडियोमा खेम मोक्तान र याङगि दोङ को अभिनय देख्न सकिनेछ। क्यामेरा सञ्चालन त्रिलोक लामा ले गरेका छन् भने सम्पादन तथा कलरिङ अमृत चापागाई ले गरेका छन्।

संगीत, शब्द र दृश्यको उत्कृष्ट संयोजन रहेको ‘सिरुपाते जुँगा’ ले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।