दाङमा लठरम्म ड्रयागन फ्रुट [तस्विरहरु]

दश वर्षे जनयुद्धकालमा लडाइँको नेतृत्व गरेका लोकेन्द्र बिस्ट शान्ति प्रक्रियामा आएपछि मन्त्री बने । पुरै जनयुद्धमा लडेका विस्ट एकाएक सक्रिय राजनीति त्यागेर व्यवसायिक कृषि कर्ममा लागे । सुरुमा काभ्रेमा कालो धान खेती गरे । धान खेतीलाई विश्राम दिएर दाङमा ड्रागन फ्रुट खेती सुरु गरे ।

अहिले घोराही–तुलसीपुर सडकअन्तर्गत हेमन्तपुर–बिजौरी खण्डको किनारमा रहेको उनको ड्रागन फ्रुट फार्म अहिले हेर्नलायक भएको छ। लहरै रोपिएका ड्रागन फ्रुटका बोटमा रंगीबिरंगी फूल फूलेका छन् । माहुरीहरू भुनभुनाइरहेका छन् । दिनमा भन्दा रातमा अझ मनमोहक हुन्छ यहाँको सौन्दर्य । किनकि यो फूल रातमा मात्र फूल्छ ।

 

 

Loading...