किशोरीलाई महिनावारी स्वच्छता सिकाउँदै उपाध्यक्ष शाही 

जाजरकोटको शिवालय गाउँपालिकाले किशोरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिका उपाध्यक्ष गीता शाहीको नेतृत्वमा किशोरी लक्षित उक्त कार्यक्रम सञ्चालनमा आएको छ ।

‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ किशोरीसँग उपाध्यक्ष कार्यक्रम सुरु गरिएको उपाध्यक्ष शाहीले बताइन् । ‘अधिकांश ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययन गर्ने किशोरीहरू महिनावारी हुँदा विद्यालय छाड्ने गरेका छन् । महिनावारीकै कारण विद्यालयमा नियमित पठनपाठनमा सरिक नभएपछि ती किशोरीहरूको शैक्षिक गुणस्तरमा असर परेको पाइएको छ, उपाध्यक्ष शाहीले भनिन्, ‘सामाजिक अन्धविश्वास तथा परम्परागत मान्यताका कारण महिनावारी बार्ने हुँदा किशोरीहरू विद्यालय जान मान्दैनन् । यो परम्परागत मान्यताले किशोरीहरूलाई यसबारेको चेतना आवश्यक भएकोले जिल्लामै पहिलो पटक कार्यक्रम सुरु गरेका छौँ ।’

 

किशोरीसँग उपाध्यक्ष कार्यक्रमलाई स्मार्ट कार्ड मार्फत सेनिटरी प्याड वितरणको प्रबन्ध मिलाइएको छ ।

महिनावारि हुँदा एक्लै छुट्टै सुत्नु पर्ने, चिसो भुईँमा सुत्दा अन्य रोगका सङ्क्रमणको समेत सिकार हुने लगायतको समस्या किशोरीहरूमा देखिएको शाहीले बताइन् । यसका लवा कष्टकर महिनावारीको वाराईका कारण उनीहरूमा डिप्रेसनको लगायत अन्य समस्या देखिनुहुँदा यो समस्यालाई अभिभावक र किशोरीहरूलाई सँगै राखेर सचेतना फैलाउनु आवश्यक रहेको उपाध्यक्ष शाहीको भनाइ छ ।

Loading...