शिक्षा समन्वयमा विद्यालय कर्मचारी परिषद्को धर्ना

नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमितिले शिक्षा विकास तथा समन्वय इकाई अगाडी धर्ना दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको सेवा सुविधा नेपाल सरकारले तोके सरहको व्यवस्था गर्नुपर्ने माग राख्दै आइतबार विद्यालय कर्मचारी परिषद्का पदाधिकारीले शिक्षा विकास तथा समन्वय इकाई बझाङमा धर्ना दिएका हुन् ।

विद्यालयमा कार्यरत कर्मचारीको तोकिए अनुसारको सेवा सुविधाको व्यवस्था गर्नुपर्ने भएता पनि हालसम्म भने नेपाल सरकारले त्यो व्यवस्था गर्न नसकेको नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमितिका अध्यक्ष ढेवबहादुर भण्डारीले बताए । उनले भने, ‘हामी सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू जुन तरिकाले अपहेलित भएका छौँ । पाउनुपर्ने प्रतिफल प्राप्त गर्न सकेका छैनौँ जसको फलस्वरूप अहिले आन्दोलन गर्नुपर्ने सृजना उत्पन्न भएको छ,’ उनले थपे, ‘सामुदीयक विद्यालयमा कार्यरत कर्मचारीको व्यवस्थापन नेपाल सरकारले गरोस् भन्ने हाम्रो मुख्य माग यही हो ।’

शिक्षा विकास तथा समन्वय इकाई आफ्नो माग पुरा गर्ने तालुक निकाय भएकाले यही कार्यालय अगाडी धर्ना दिनुपर्ने बाध्यता भएको सहभागी कर्मचारीले बताएका छन् ।

कर्मचारीले जिल्लाका अन्य पालीकाको शिक्षा शाखामा समेत धर्ना दिएका छन् । नेपाल सरकारले शिक्षा क्षेत्रलाई स्थानीय सरकारको अधिकार भित्र रहने भनेको छ त्यही अनुसार स्थानीय सरकार मार्फत पनि सेवा सुविधा सुनिश्चित होस् र सङ्घीय सकारमा पनि आफ्ना मागहरू पुर्णरुप अगाडी बढाउन पहल गरिदियोस् भन्ने सहभागीको मान्यता रहेको छ ।

जिल्लाभरका सामुदायिक विद्यालयमा लेखा र कार्यालय सहयोगी गरी ५ सय ८२ जना कर्मचारी रहेका छन् । २१ गतेदेखि २६ गतेसम्म निरन्तर धर्ना बस्ने र माग पुरा नभए थप आन्दोलन गर्न बाध्य हुने नेपाल विद्यार्थी कर्मचारी परिषद् जिल्ला कार्यसमितिले बताएको छ ।

Loading...