युवती ओसार्ने अरु, जेल पर्ने पत्रकार

मकवानपुरका पत्रकार रमेश बञ्जारा केही समययता भीमफेदीस्थित कारागारमा छन् । पुर्पक्षका लागि जेल पठाइएका उनको पेसी सरेको स¥यै गर्छ, क्रिकेटर सन्दीप लामिछानेको मुद्दाझैँ ।

बञ्जारामाथि पनि लामिछानेको झैँ जबरजस्ती करणी मुद्दा मकवानपुर प्रहरीले चलाएको छ । अदालतमा विचाराधीन मुद्दा भएकाले धेरै बहस, व्याख्या र छलफल गरिएको छैन । तर, जसले जबरजस्ती करणी भयो भनेर जिल्ला अदालत हेटौँडामा जाहेरी दिएकी थिइन्, उनैले मलाई ‘मलाई फलानो’ ले जाहेरीमा सही गर्न लगाएर मुद्दा हाल्न लगाएका हुन्, मलाई जबरजस्ती करणी भएको छैन भनेर लिखित बयान दिएकी छन् । त्यसपछि पनि अदालतले डिएनए रिपोर्ट खोज्ने, अरु कागजहरू जम्मा गर्ने भन्दै अल्झाउन छाडेको छैन ।

पत्रकार बञ्जारामाथि जबरजस्ती करणीको मुद्दा चल्दैगर्दा फेरि अर्को ट्विस्ट आयो । जाहेरीमा जबरजस्ती करणी भएको भन्ने व्यहोरामा उल्लेख भएको समय र स्थानको एउटा सिसिटिभी फुटेज हेटौँडाकै अर्का पत्रकार रविन्द्र गौतमले आफ्नो अनलाइन पत्रिकामार्फत् सार्वजनिक गरे । उक्त फुटेजमा बन्जाराले जबरजस्ती करणी गरेको भनिएको समयमा ती महिलालाई हेटौँडाकै कांग्रेस नेता अर्जुन तिवारीले बुलेट बाइकमा राखेर घटनास्थलतर्फ लगिरहेको देखिन्छ ।समाचारको आशय थियो–घटना हुँदाताका ती महिला र बञ्जाराको भेटै भएको छैन भने कसरी बलात्कार सम्भव छ रु र, ती मान्छे को हुन् जसले महिलालाई बुलेट बाइकमा बोकेर हिँडिरहेको छ रु यसरी बिना अपराध बनावटी मान्छे तयार पारेर जघन्य अपराधको मुद्दातिर पत्रकारलाई तान्न खोजिएपछि मकवानपुरे पत्रकारहरू तरंगित भए । धेरैले पत्रकार बञ्जारामाथि अन्याय भएको रहेछ भन्दै सान्त्वना पनि दिए । तर, पेसी निरन्तर सार्ने, गोलाप्रथा गर्दा पनि एकै जना न्यायाधीश परिरहने तरिकाले बञ्जारा अहिले पनि पुर्पक्षमै छन् ।

Loading...