कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीसहित ८ जना सम्मानित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीसहित ८ जना सम्मानित भएका छन् । बझाङको छविसपाथिभेरा गाउँपालिका स्थित चौघानपाटामा रहेको श्री शान्ति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको समूह पूर्व विद्यार्थी समाजले ८ जनालाई बुधवार धनगढीमा एक समारोहका बिच सम्मान गरेको छ । शान्ति माविबाट विद्यालय शिक्षा प्राप्त गरी विभिन्न क्षेत्रमा सेवा गरिरहेका पूर्व विद्यार्थी तथा शिक्षकहरूलाई सो सम्मान गरिएको हो ।

सम्मान पाउनेमा विद्यालयका पूर्व प्रधानाध्यापक राम बहादुर थापा, पूर्व शिक्षक धनराज जोशी, वकिल बहादुर सिंह, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अम्मरराज जोशी , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति सह प्राध्यापक डाक्टर डबल बहादुर धामी सम्मानित भएका छन् ।

यस्तै सम्मानित हुनेमा सुदूरपश्चिम विश्वविद्यालयका कानुन संकायका डिन सह–प्राध्यापक कर्ण बहादुर थापा, सुदूरपश्चिम विश्वविद्यालय रिसर्च एन्ड डिभलप्मेण्ट सेन्टरका निर्देशक सह–प्रा.डा.दमनबहादुर चलाउने, सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश बहादुर सिंह रहेका छन् ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति सह प्रा.डा. डबल बहादुर धामी

कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले गरेका थिए । समाजका अध्यक्ष दिलबहादुर खातीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका सचिव हृदय पुजाराले गरेका थिए । कार्यक्रममा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ का हरि गिरीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

Loading...