मिस युनिभर्सल नेपालमा दिपशिखा सेकेण्ड रनरअप एण्ड बेस्ट पर्सनालिटि विजेता

Hardware adds

स्पार्क इन्टरटेन्मेन्टले आयोजना गरेको मिस एन्ड मिसेस् युनिभर्सल नेपाल सिजन ४ को सेकेण्ड रनरअप एण्ड बेस्ट पर्सनालिटिको उपाधी दीपशिखा देवकोटाले जितेकी छिन् । रुकुम पश्चिमकी दीपशिखा देवकोटा उत्कृष्ट ६ हुँदै सो उपाधि हातपार्न सफल भएकी छन् ।

अडिसन चरणबाट छनोट भएर उनी शीर्ष ६ मा पुगेकी थिइन् । असोज १२ गते राजधानीमा भएको ग्राण्ड फिनालेमा देवकोट सेकेण्ड रनरअप एण्ड बेस्ट पर्सनालिटि विजेता भएकी हुन् । शनिबार सम्पन्न फिनालेबाट मिस तर्फबाट जिया राई र मिसेस् तर्फबाट रोजी थापा बिजेता बने ।

यस्तै मिसेस् युनिभर्समा सरु घिमिरे फस्ट रनअप बनिन् भने गोपीमाया थुलङ सेकेण्ड रनरअप बन्न सफल भइन् । प्रतियोगीतामो जज्को रुपमा कलाकार बुद्धि तामाङ, एलिजा गौतम, मिडियाकर्मी बिना श्रेष्ठ, समाजसेवी श्रीनेशा पोखरेल र निलम पौडेल थिए ।

कार्यक्रमको ग्राण्ड फिनालेका प्रमुख अतिथि पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले महिलाहरुको बौद्धिक बिकासका लागी यस्ता किमिसका कामले थप उर्जा प्रदान गर्ने बताए ।

उनले बिजेताहरुलाई ट्रफि प्रदान गरेका थिए । आयोजक संस्था स्पार्कल इन्टरटेनमेन्टकी प्रमुख नितु श्रेष्ठले कार्यक्रमको फिनालेमा ११ जनाबिच प्रतिस्पर्धा रहेको जानकारी गराइन् । फाइलिस्ट सबैजना बिजेता सरह रहेको भन्दै नितुले सबैलाई बधाई दिइन् । प्रतियोगीताको कोरियोग्राफी दिक्पाल कार्कीले गरेका थिए ।

रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ३ की दीपशिखा देवकोटा काठमाडौँमा रहेर इन्टर नेशनल एअर क्याबिन क्रु अध्ययन गर्दै छिन् । नैदेखि आफ्नो रुचि पढाई सँगसँगै गायन, नृत्य तथा चित्रकलामा रहेको बताइन् ।

Loading...