नेपाली काँग्रेस बझाङको १०० दिने विशेष अभियान सम्पन्न

नेपाली काँग्रेस बझाङ जिल्ला कार्यसमितिले सञ्चालन गरेको १०० दिने विशेष अभियान समापनतर्फ पुगेको छ । यसै क्रममा जिल्लाको तल्कोट गाउँपालिकामा हिजो मात्रै विशेष कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाका १२ स्थानीय तहमध्ये अब जय पृथ्वी नगरपालिकामा मात्र अभियानका कार्यक्रमहरू बाँकी रहेका छन् । आगामी माघ १६ गते हुने जिल्ला सम्मेलन मार्फत औपचारिक रूपमा यस अभियानको समापन गरिने नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सचिव झलक बहादुर कठायतले जानकारी दिएका छन् ।

सचिव कठायतका अनुसार यो अभियानले पार्टी सुदृढीकरणमा महत्त्वपूर्ण योगदान दिएको छ । अभियानमा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि कविराज पण्डितको सहभागिता रहेको थियो । त्यस्तै, जिल्ला पार्टी सभापति खडक बोहरा, पार्टीका महत्त्वपूर्ण नेताहरू, कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति र सक्रियता रहेको थियो ।

अभियानले पार्टीको साङ्गठनिक संरचना बलियो बनाउनुका साथै जिल्लामा पार्टीप्रति जनताको विश्वास अभिवृद्धि गरेको काँग्रेस नेतृत्वले दाबी गरेको छ । अबका दिनमा जिल्ला सम्मेलनले काँग्रेस बझाङलाई थप प्रभावकारी बनाउने आशा गरिएको छ ।

 

 

Loading...