बझाङ जिल्लाको प्रख्यात धार्मिक स्थल बासुधारा र त्रीवेणीधाम धार्मिक तथा सांस्कृतिक सम्पदाका लागि विशेष स्थान हुन् । यस्ता ऐतिहासिक र धार्मिक धरोहरको संरक्षण, प्रबर्द्धन र विकास निर्माणमा प्रवासी नागरिकको योगदान दिन प्रतिदिन उल्लेखनीय बन्दै गएको छ ।
भारतमा बस्ने यहाँका स्थानीयबासिले आफ्ना जन्मथलोप्रतिको माया र दायित्वलाई आत्मसात गर्दै बासुधारा र त्रीवेणीधामको समग्र विकासका लागि आर्थिक सहयोग जुटाएर मठ, मन्दिर, र अन्य पर्यटकीय सम्भावना बोकेका संरचनाहरु निर्माण गरेका छन् । यि संरचनाले धार्मिक पर्यटनको प्रवर्द्धन मात्र होइन, सामाजिक विकासमा समेत योगदान पुर्याएको छ ।

सहयोग गर्ने प्रवासीको प्रयासलाई यहाँका स्थानीय बासिन्दाले पनि उच्च कदर गरेका छन् । स्थानीयस्तरमा श्रमदानको माध्यमबाट भौतिक उपस्थिति जनाउँदै, धरोहरको संरक्षण र प्रबर्द्धनमा सामूहिक पहल गरिएको छ । समुदायको यस्तो एकता, सहभागिता र सहयोगले यी स्थलको महत्त्व अझ बढाएको छ ।
धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका यी स्थलहरु साच्चै पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन सक्छन् । तर, यसको लागि स्थानीय र प्रवासीको निरन्तर प्रयास, सहकार्य र सरकारी निकायको उचित योजनाको आवश्यकता छ ।

यसरी, बासुधारा र त्रीवेणीधाम जस्ता धार्मिक धरोहरलाई जोगाउन स्थानीय र प्रवासीको संयुक्त योगदान अनुकरणीय उदाहरण बनेको छ ।
