चैत्र ५ गते ऐश्वर्य बहुमुखी क्याम्पसमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अखिल (क्रान्तिकारी) ले उम्मेदवारी घोषणा गरेको छ। संगठनले विकास विष्टको नेतृत्वमा सिंगो टिमलाई अगाडि सार्दै ३२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनका लागि विकास विष्टलाई सभापति पदमा उम्मेदवार बनाएको छ । उपसभापतिमा प्रमेश डम्मरपाल मगर, सचिवमा सुनिल प्रसाद जोशी, सह-सचिवमा शिखर खत्री तथा कोषाध्यक्षमा रोशनी खड्का रहेका छन् । सदस्यहरूमा भृकुटी चन्द, लुविना थापा, दिलमाया चौधरी, खगेन्द्र राना, सुनिल कडायत, ललित क्षेडाल, करन पुन मगर र उत्तम गुरधामी रहेका छन् ।
३२ बुँदे घोषणापत्रमा के छ?
१) उद्यमशीलता विकासका लागि ‘आइडिया कम्पिटिसन’ आयोजना गर्दै उत्कृष्ट योजनालाई प्रारम्भिक अनुदान तथा परामर्शको व्यवस्था।
२) विद्यार्थीहरूलाई दक्ष बनाउने विभिन्न सीप तथा तालिम सञ्चालन।
३) निजी क्षेत्रसँग समन्वय गरी विद्यार्थीलाई अंशकालिक (Part-time) रोजगारीको व्यवस्था।
४) शैक्षिक क्यालेण्डरको पालना गर्दै क्याम्पसमा हुने ढिलासुस्ती अन्त्य।
५) तराई क्षेत्रका विद्यार्थीका लागि बसको व्यवस्था तथा व्यवस्थापन।
६) मनोवैज्ञानिक समस्याहरू तथा दुर्व्यसन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम।
७) विद्यार्थीहरूसँग प्रत्येक महिना अन्तरक्रिया कार्यक्रम।
८) कृत्रिम बौद्धिकता (AI) को प्रभावकारिता र प्रयोगबारे विद्यार्थीहरूलाई सिकाउने।
९) विद्यार्थी समस्या समाधानका लागि सुझाव पेटिका तथा हेल्प डेस्कको व्यवस्था।
१०) ID Card र Library Cardलाई मर्ज गरी चार वर्षसम्म प्रयोग गर्न मिल्ने एकीकृत कार्डको व्यवस्था।
११) शैक्षिक, खेलकुद, सांस्कृतिक तथा शहीद परिवारका विद्यार्थीलाई छात्रवृत्ति।
१२) विद्यार्थी गुनासा व्यवस्थापनका लागि अनलाइन पोर्टलको व्यवस्था।
१३) क्याम्पस शुल्क निर्धारणमा पारदर्शिता कायम।
१४) पुस्तकालय बिहान ६:०० देखि बेलुकी ५:०० बजेसम्म खुला।
१५) B.Sc. को परीक्षाकेन्द्र स्थानान्तरण तथा होम सेन्टरको पहल।
१६) शैक्षिक बहस कार्यक्रमको आयोजना।
१७) नयाँ विद्यार्थीलाई क्याम्पसको प्रणाली बुझाउन सहजीकरण।
१८) माथिल्लो तलामा खानेपानी समस्या समाधान।
१९) प्राध्यापक नियुक्तिमा नातावाद तथा कृपावाद अन्त्य गरी योग्यता र क्षमताका आधारमा नियुक्ति।
२०) क्याम्पस परिसर सफा र हरियाली बनाउने।
२१) न्यून उत्तीर्ण दर भएका विषयहरूमा अतिरिक्त कक्षा सञ्चालन।
२२) छात्रावास निर्माणका लागि सम्बन्धित निकायसँग छलफल।
२३) BBS विद्यार्थीका लागि बैंक तथा संस्थासँग समन्वय गरी इन्टर्नशिपको व्यवस्था।
२४) खेलकुद, सांस्कृतिक गतिविधि तथा मनोरञ्जनका लागि पूर्वाधार विकास।
२५) विद्यार्थीका जायज माग व्यवस्थापन समितिसम्म पुर्याई सम्बोधनको पहल।
२६) नेतृत्व क्षमता र सहकार्य भावना विकासका लागि सह-पाठ्यक्रम गतिविधि।
२७) अध्ययन-अध्यापन मैत्री वातावरणको सिर्जना।
२८) विद्यार्थी स्वास्थ्य सुधार तथा चेकजाँचका लागि स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम।
२९) नेपाली संस्कृतिको सम्मान तथा संरक्षणका लागि ‘शिक्षासँगै संस्कार अभियान’।
३०) कम्प्युटर साइन्स ल्याबको स्तरोन्नति।
३१) BBA, BEd, MBA जस्ता नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका लागि पहल।
३२) BBS र BSc विद्यार्थीका लागि उत्कृष्ट अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्ने विद्यार्थीलाई पुरस्कार।