मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर शंखमूलमा भव्य उद्घाटन सम्पन्न

काठमाडौं – शंखमूलस्थित मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर को भव्य उद्घाटन समारोह एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। सौन्दर्य सेवा र व्यावसायिक तालिमको क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित सुरु गरिएको यस केन्द्रको उद्घाटनमा चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रिय स्तरका लोकप्रिय गायिका अन्जु पन्त, चर्चित अभिनेत्री निता ढुंगाना, सामाजिक सञ्जालमार्फत चर्चामा रहेकी टिकटक स्टार मिस पवि, मोडेल तथा अभिनेत्री झरना रिसाल, मोडेल सन्ध्या घतानी लगायतका विशिष्ट कलाकारहरूको विशेष सहभागिता रहेको थियो। उनीहरूको उपस्थिति र समर्थनले कार्यक्रममा थप उत्साह र रौनकता ल्याएको थियो।

उक्त उद्घाटन समारोहमा बोल्दै मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर की सञ्चालिका गीता गिरीले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र गुणस्तरीय सौन्दर्य सेवा प्रदान गर्ने तथा सौन्दर्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो। उहाँले तालिम केन्द्रमार्फत युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगारमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी ले सौन्दर्य सेवासँगै अनुहार, छाला, शरीर र सौन्दर्य सम्बन्धी अन्य समग्र सेवा तथा तालिम समेट्ने योजनासमेत अघि सारेको छ। आत्मनिर्भरता, सशक्तिकरण र व्यवसायिक अवसर सिर्जनाका दृष्टिकोणले यो प्रयास सराहनीय भएको कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्वहरूले बताए।
शहरको मुटुमा अवस्थित मायाजले शहरी जीवनशैलीसँग मेल खाने अत्याधुनिक प्रविधिसहितको सेवा दिने विश्वास दिलाएको छ। उद्घाटनको यस अवसरमा उपस्थित सबै अतिथिहरूलाई मायाज परिवारले आभार प्रकट गरेको छ।
