विकास सुवेदी, काठमाडौं । नायक अनमोल केसीले महंगो पारिश्रमिक लिएर साइन गरेको चलचित्र ‘एक्स नाइन’ बाट हात झिकेका छन् । छायांकनमा ढिलाई भएपछी आफूले लिएको पेश्की रकम समेत फिर्ता गर्दै उनले चलचित्र छाडेका हुन् । मुकुन्द भट्टको निर्देशनमा बन्ने भनिएको यस चलचित्रको आर्थिक अभावका कारण बारम्बार छायांकनको समय सर्दै आइरहेको थियो । अनमोलले चलचित्रको लागी निकै मिहिनेत पनि गर्दै आएका थिए । शाकाहारी अनमोलले शरीर बनाउनुको लागी जिममा पसिना बगाउनुको साथै माछा, मासु समेत खान सुरु गरेका थिए । तर अब उनले ‘छड्के २’ को प्रचारप्रसारका साथै ‘जेरी २’ मा पनि समय दिनुपर्ने भएकोले यो चलचित्रबाट बाहिरिने निर्णय गरेका हुन् ।
चलचित्रमा पुष्प खड्का, सौगात मल्ल, अनुपविक्रम शाही सँगै बलिउडका सुपरस्टार नायक सुनिल सेट्टीले पनि अभिनय गर्ने पक्का भइसकेको थियो । त्यसैगरी, यसै चलचित्रबाट नीती शाहले पनि डेब्यु गर्दै थिइन् । अब अनमोलले छाडेपछी यो चलचित्र नबन्ने सम्भावना झनै बढेको छ ।
नेपाल एङ्गल न्युज एक स्वतन्त्र डिजिटल समाचार माध्यम हो, जसले तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार प्रस्तुत गर्छ ।
- Facebook Comments
- Comments