काठमाण्डौ। गीत संगीत र चलचित्र मार्फत नेपालको पर्यटन बिकासको प्रवर्धन तथा लोप हुन लागेको कला भाषा संस्कृतीको जगेर्ना गर्ने उद्देश्यका साथ प्रथम नेशनल फिल्म एण्ड म्यूजिक अवार्ड २०८० हुने भएको छ । जसका लागि बिभिन्न १२० भन्दा बढी विधामा मनोनयन खुल्ला गरिएको छ ।
मनोनयन दर्ता गर्न कलिदेवि मिडिया हाउस बालाजु र गाउँले ढिँडो घर बौद्ध बाट फाराम लिन सकिने छ र फाराम यही जेष्ठ २० गते सम्म भरिसक्नुपर्ने कुरा अवार्ड कार्यकमका संयोजक तथा अध्यक्ष विनायक तामाङले जानाकारी दिनु भयो ।
यही जेष्ठ २७ गते आयोजक टिमले चलचित्र विकास बोर्डमा उत्कृष्ट ५ मनोनयन सार्वजनिक घोषणा कार्यकम राखेको छ ।