सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल लाई पुत्री लाभ

लामो समय देखि नेपालको सुगम सङ्गितमा स्थापित लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेल र सफल गायिका दुर्गा खरेल लाई पुत्री लाभ भएको छ ।
सोमबार टोखाको ग्रान्डी हस्पिटलमा बिहान ९ बजे पुत्री लाभ भएको अर्जुन पोखरेल निकट एक स्रोतले नेपाल एङल लाई जानकारी दिनु भयो ।


सङ्गीतकार अर्जुन पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा आफू लाई पुत्री लाभ भएको खबर फोटो सहित यसरी लेखेका छन् । ” आज इन्टरनेसनल फादर्स डे को दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ यो अवसरको लागि मेरी प्यारी जीवन संगिनी दुर्गा खरेललाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहान्छु , हाम्री प्यारी छोरी ( अदिरा ) लाई यो सन्सारमा स्वागत गर्दछौँ साथै डा.चेतना श्रेष्ठ , डा. भोला रिजाल , डा. पदमराज पन्त , डा. कमल थापा डा.निलम सुबेदि नर्स उषा सिस , नर्स समिला जि , सविता जि लगाएत सम्पूर्ण सहयोगी हातहरु प्रति आभार प्रकट गर्दछौँ ” भन्दै छोरीको फोटो सहित सार्बजनिक गरेका छन् ।

Loading...